कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौँ, जेठ ३ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिएका छन् ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिवार ०८:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको