देउवालाई डडेलधुराबाट फोन, बूढानिलकण्ठमा दूत नै पठाए

सरकार ढाल्ने अन्तिम कसरतमा प्रचण्ड


जनकपुरधाम, जेठ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले हरेक मंचमा सत्ता अहिलेका लागि आफुहरुको प्राथमिकतामा नरहेको बताइ रहेका छन । तर सत्ताबाट बाहिरिए देखी नै केपी ओली नेतृत्वको सरकार ढाल्ने छटपटी उनमा देखिएको कसै बाट लुकेको छैन ।

काँग्रेस नेतृत्वको सरकारलाइै बाहिर बाटै समर्थन गर्ने सम्मको अभिव्यक्ति दिदै आएका प्रचण्ड वर्तमान सरकार ढाल्न कति उद्दत छन , त्यो उनकै गतिविधि र हरेक मंचमा दिइने अभिव्यक्ति बाट प्रष्ट भै सकेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा फकाउन हर सम्भव प्रयास गर्दै आएका माओवादी अध्यक्ष प्रचण्ड पुनः अन्तिम कसरतमा जुटेका छन ।

हुलाकी राजमार्ग केन्द्रित अभियान सम्पन्न गरेका प्रचण्ड हिजो बाट मात्रै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान शुरु गरेका छन । मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान शुभारम्भ गरे संगै प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने अन्तिम कसरतमा समेत जुटेका छन ।

मध्यपहाडी लोकमार्गको शुभारम्भ गर्न देउवाको गृहनगर डडेलधुरा पुगेका प्रचण्ड त्यही बाट देउवालाई फोन गरेर वर्तमान सरकार ढाल्न र आफुहरुको समर्थनमा सरकारको नेतृत्व लिन आग्रह गरेको स्रोतले दावी गरेको छ ।

फोन मार्फत देउवा संग कुरा गरे लगतै प्रचण्डले आफनो दूतलाई बुढानिलकण्ठ नै पु¥याएको छ ।

गभर्नर नियुक्ति प्रकरणमा सत्ता गढबन्धन बीच बढदै गएको अविश्वासको वातावरणलाई सरकार ढाल्ने सम्मको स्थितिमा पु¥याउने लक्ष्य सहित उपमहासचिव जनार्दन शर्मालाई सरकार निर्माणको प्रस्ताव सहित बुढानिलकण्ठ पठाएको स्रोतले बताएका छन ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति कांग्रेसका केही नेताहरु असन्तुष्टी आइ रहला माओवादी देउवालाई फकाउन अन्तिम कसरतमा जुटेको हो । देउवा भने तत्काल गठबन्धन फेर्ने मूडमा देखिँदैनन् । पार्टीभित्र र भूराजनीतिक रूपमा चर्को दबाब भएपनि देउवा अझै पर्ख र हेरको रणनीतिमा छन् ।

विगतमा पाँच दलीय गठबन्धन हुँदा पनि कांग्रेस नेताहरूसँग शर्माको राम्रो सम्बन्ध थियो । पाँच दलीय गठबन्धन भत्काएर एमालेसँग सहकार्य अघि बढाउन अर्का उपमहासचिव वर्षमान पुनले भूमिका खेलेका थिए । तर, अहिले कांग्रेसभित्र असन्तुष्टि चर्कोरहेको बेलामा शर्मा फेरि बूढानीलकण्ठ पुग्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार ०७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको