पञ्जाबले राजस्थानलाई १० रनले हरायो



जनकपुरधाम, जेठ ४ । आइपीएल २०२५ को ५९ औं खेलमा पञ्जाब किंग्स (पीबीकेएस) ले राजस्थान रोयल्स (आरआर) लाई १० रनले पराजित गरेको छ ।

यो जितसँगै टोली चालू सिजनको अंक तालिकामा दोस्रो स्थानमा पुगेको छ । सवाई मानसिंह रंगशालामा २२० रनको लक्ष्य पछ्याउँदै राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २०९ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर २१९ रन बनाएको थियो ।

पञ्जाबका लागि शशांक सिंहले ३० बलमा ५९ रन बनाएर अविजित रहे भने नेहल वधेराले ३७ बलमा ७० रन बनाए। राजस्थानका तुषार देशपाण्डेले २ विकेट लिए । रन पछ्याउने क्रममा राजस्थानलाई यशस्वी जैसवाल (५० रन) र वैभव सूर्यवंशी (४० रन)ले विस्फोटक सुरुवात गराए ।

दुवैले २९ बलमा ७६ रनको ओपनिङ साझेदारी गरे। तर, टोलीले बीचको ओभरमा थप ३ विकेट गुमायो । यशस्वी जैसवालले ५०, सञ्जु सामसनले २० र रियान परागले १३ रन बनाएर आउट भए । त्यसपछि ध्रुव जुरेल (५३) अर्धशतक प्रहार गर्दै इनिङलाई स्थिर बनाए तर आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । पञ्जाबका हरप्रीत ब्रारले ३ विकेट लिए।

प्रकाशित मिति: २०८२ जेष्ठ ४, आइतवार १९:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको