मेयर महतोको हैकमवादीका कारण मिथिला नगरपालिकामा विगत पाँच दिन देखि तालाबन्दी



जनकपुरधाम, जेठ ५ । धनुषाको मिथिला नगरपालिकामा विगत पाँच दिन देखि तालाबन्दी गरिएको छ । नगरपालिकाका मेयर महेन्द्र महतोले उप–मेयर सुनिता सिंह बुढाथोकीको योजनामा प्रतिवन्ध लगाएपछि नगरपालिकामा तालाबन्दी गरिएको छ ।

मेयर महतोले नगरपालिकाका सवै योजनाको कार्य अगाडि बढाए पनि उप–मेयर बुढाथोकीको योजना रोकेपछि उप–मेयरले कार्यालयमा तालाबन्दी गरेकी छन् । मेयर महतो र उप–मेयर बुढाथोकी बीचको आफसी विवादले विगत पाँच दिन देखि सर्वसाधारण जनताले पाउने सेवा सुविधा तथा दैनिक कार्य प्रभावित भएको छ ।

मेयर महतोले उप–मेयर बुढाथोकीलाई नटेरेको र उप–मेयरलाई दवाएर मेयर महतोले राखेको भन्दै उप–मेयरले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएर आउ अनि योजना चलाउ भनेर मेयर महतोले उप–मेयर बुढाथोकीमाथि दवाव दिएका कारण तालाबन्दी गरिएको स्रोतले जनाएको छ ।

आफ्नो अधिकारमाथि मेयर महतोले हस्तक्षेप गरेको भन्दै उप–मेयर बुढाथोकीले मेर महतो विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् । ती मुद्दा फिर्ता लिएर आफ्नो योजना चलाउ भनेर मेयर महतोले उप–मेयर बुढाथोकी माथि दवाव दिएका छन् । हुनत मिथिला नगरपालिकाको कार्यपालिकामा उप–प्रमुख बुढाथोकीकै बहुमत छन् ।

उनी नेकपा एमालेवाट निर्वाचित छिन् । तर, मेयर महतोले कार्यपालिकालाई नै अटेर गरेर आफू खुशी निर्णय गर्ने अनि कर्मचारीहरुलाई मिलाएर कार्य गरिरहेको पाइए पछि उप–मेयर बुढाथोकी नियम कानुनको परिधिमा रहेर कार्य गर्न मेयरलाई सुझाए पनि उनले नमानेको भन्दै उनी विरुद्ध मुद्दा दायर गरिएको थियो ।

मेयर महतोले आफू अनुकुल काम नगरेको भन्दै यस भन्दा पहिला आएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई भगाएर स्वास्थ्यका कर्मचारी अशोक भण्डारीलाई विगत एक बर्ष देखि निमित प्रमुख प्रशासकीय अधिकृत बनाएर काम गराई रहेका छन् । भण्डारी मेयर महतोका घर देखि कार्यालय सम्मको कार्य देख्ने गरेकै कारण उनलाई प्रमुख प्रशासकीय अधिकृत बनाइएको कार्यपालिकाकै सदस्यहरुको आरोप छ ।

मेयर महतोले प्रमुख प्रशासकीय अधिकृतलाई मिलाएर वडा देखि नगर स्तरीय सम्मको बजेट कार्यान्वयनमा ल्याए पनि उप–प्रमुख बुढाथोकीलाई गलाउन र मुद्दा फिर्ता लिन दवाव स्वरुप नै उनको योजना कार्यान्वयनमा रोक लगाएका छन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ ५, सोमवार ०८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको