वनमन्त्री शाही चीन प्रस्थान 



काठमाडौं, जेठ ६ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी चीनमा हुने बाँससम्बन्धी सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

चीन सरकारको विशेष निमन्त्रणामा बेइजिङमा आयोजना हुने इन्टरनेसनल नेटवर्क फर ब्याम्बो एण्ड र्याटन काउन्सिलको १३ औँ सत्रको अध्यक्षता गर्न उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उक्त सम्मेलनमा सहभागी भइ मन्त्री शाही यही जेठ १० गते स्वदेश फर्कनुहुनेछ ।

प्रकाशित मिति: २०८२ जेष्ठ ६, मंगलवार १६:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको