राजविराज, जेठ ७ । फोनबाटै “तलाक” पाएकी एक महिलालाई कुटपिट तथा अन्य गतिविधी मार्फत दुःख दिएको आरोपमा उनका नन्द पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ निवासी सनिजा खातुनलाई कुटपिट तथा अनय गतिविधि मार्फत दुःख दिएको आरोपमा उनका नन्द मरियम खातुनलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका मरियमलाई बुधबार नै सप्तरी जिल्ला अदालतबाट ठगि तथा आपराधिक विश्वासघात मुद्दामा तीन दिनको म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायक उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
सासु आयसा र नन्द मरियमको कुटाइबाट घाइते भएकी सनिजाको विगत चार दिनदेखी स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको आकस्मिक कक्षको १४ नंं बेडमा भर्ना भई उपचारत सनिजाले आपृm र छोरालाई यो अवस्थामा सासृु आयशा खातुन र नन्द मरियम खातुनले पु¥याई दिएको बताएकी छिन् ।
उनका श्रीमान मो.आकुब विगत २ वर्ष देखी रोजगारीका सिलसीलामा कतारमा छन । सासु र नन्दले श्रीमान आकुबलाई झुठो कुरा पु¥याएर तलाकको अवस्थामा समेत पु¥याई दिएको उनले पीडा पोख्दै आएकी छिन् ।
“नभएको अनर्गल कुराहरु सासु र नन्द मिलेर विदेशमा रहेका श्रीमानलाई पु¥याएपछि ९ महिना अघि फोनबाटै “तलाक” दिए, उनले भनिन,–विवाह दर्ता र नागरिकता बनाई दिन पटक÷पटक आग्रह गर्दा आफुमाथी यसरी शारिरीक र मानसिक यातना दिने क्रम सुरु भएको छ ।
उपचारका लागी काखे छोरा सहित अस्पताल भर्ना रहेकी सनिजाले विवाहको ३ वर्ष भन्दा बढी भइसक्दा पनि श्रीमानले विवाह दर्ता र नागरिकता नबनाई दिएको र सो बनाइ दिन फोनबाट पहलका लागी आग्रह गर्दा “किन हतार गरेको” भन्दै रिसाउने गरेको बताएकी छिन् ।
उनले गत मंसिर १९ गते साँझ आफु गाउँको एक आफन्तको बैवाहिक कार्यक्रममा सरिक हुन गएका बेला नन्द मरियमले कोठामा रहेको दराजबाट सुनको सिक्री, टिका, नथुनी, औठी गरी करिब ५ तोला र चाँदीको १० तोलाको विभिन्न गरगहना चोरी गरी लगेको र सो बारे इलाका प्रहरी कार्यालय पातो र्हुँदै जिल्ला प्रहरी कार्यालय सम्म पुगेर उनी बिरुद्ध ठगि तथा आपराधिक विश्वासघात मुद्दामा उजुरी दिएको बताईन ।
यता मरियमलाई पक्राउ गरिएपछी सनिजा र उनका आफन्तले आफूहरुले प्रारम्भिक न्याय पाएको प्रतिक्रया दिएका छन् ।




