ऊर्जामन्त्रीलाई नहटाए देश डुब्छ : महावीर पुन



काठमाडौँ, जेठ ७ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको राजीनामा माग गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत उनले ऊर्जामन्त्रीलाई नहटाए देश डुब्ने बताउँदै जनआन्दोलन अन्तिम उपाय देखिएको जिकिर गरेका छन्।



ऊर्जामन्त्री खड्काका कारण दिउँसै अध्यारो भएको भन्दै बृहत जनआन्दोलन गरेर उनलाई हटाउनुपर्ने पुनको जिकिर छ।

‘ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ। त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरुले हटाउने छाँटकाँट देखिएन। बृहत जनआन्दोलन अन्तिम उपाय देखियो,’फेसबुकमा उनले लेखेका छन्।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको