अम्बेडकर पार्क : सामुदायिक द्वन्द्व निम्त्याउँदै मधेश सरकार



जनकपुरधाम, जेठ ८ । सिरहाको लहान नगरपालिका स्थित महराजा सल्हेस फुलवारीमा प्रदेश सरकारले बनाउन लागेको अम्वेडकर पार्कमा पासमान समुदायले विरोध जनाएपछि चमार समुदायलाई अगाडि सारिएको छ ।

सल्हेस फुलवारीमा प्रतापि महराजा सल्हेस फुलवारी बनाउन लागायतका सुझाव सहित पासवान समुदायले आफूहरु कुलदेवताको रुपमा पूजापाठ गर्ने महराजा सल्हेस फुलवारीमा अरु कसैको नाममा पार्क बनाउन नदिने अडान लिएपछि प्रदेश सरकारले चमार समुदायलाई अगाडि बढाएर जसरी भए पनि त्यहाँ अम्वेडक पार्क बनाउने अडान लिएका छन् ।



जेठ ५ गते प्रदेश सरकारका मुख्यमन्त्री शतिसकुमार सिंह सहित जनमत पार्टीका नेता कार्यकर्ताहरुले चमार समुदायको एक संस्थाको साधारण सभामा पुगेर उनीहरुलाई विभिन्न प्रलोभन दिएका थिए । हिजो बुधवार मात्रै चमार समुदायको तर्फवाट केही व्यक्तिले सल्हेस फुलवारीमै अम्वेडकर पार्क निर्माण गर्नुपर्ने दवाव स्वरुप मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

एक समुदायको आस्थामाथि प्रहार गरेर अर्का समुदायले थालेको दवावले समाज विखण्डन हुने र यसले प्रदेश सरकार तथा जनमत पार्टीमाथि जनताले गरेको विश्वास समेत गुम्ने सम्भावना प्रवल रहेको स्थानीयबासीहरुको भनाई छ । भारतीय नेताको नाममा पार्क बनाउने तर आफ्नो धरोहर (सल्हेस)लाई अव्हेलना गर्ने यो कस्तो सरकार भयो भनेर पासवान समुदायका व्यक्तिहरुले प्रदेश सरकारमाथि प्रश्न तेर्साएका छन् ।

अम्वेडक भन्दा कुन दृष्टिकोणले महराजा सल्हेस कम रहेका छन् जो जनमत पार्टी र मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिसकुमार सिंहले अम्वेडक गाधा गाईरहेका छन् ? स्थानीयबासीहरुको गुनासो छ । उनीहरु भन्छन्–‘आफ्ना धरोहरको सम्मान, संरक्षण, सम्वद्र्धन गर्नुको सट्टा भारतीय नेताको नाममा पार्क निर्माण गरेर जनमत पार्टी र मधेश सरकार समाजलाई विखण्डन गर्न तिर लागेको छ ।’

पासवान समुदायका व्यक्तिहरु भन्छन्–‘जग्गा दाताले समेत सो जग्गामा अम्वेडक पार्क बनाउन नदिने जनाई सकेको अवस्थामा दलित–दलित बीच आपसी द्वन्द्व निम्त्याउने हिसावले चमार समुदायलाई अगाडि सारिएको छ ।’ अम्वेडकरले नेपालका दलितकालागि के गरेको प्रश्न गर्दै पासवान समुदायका व्यक्तिहरुले भने–‘हामी संख्याको अधारमा कम छौं, तर कानुनी राज्य हो, कानुनी उपचार खोज्छौं, हाम्रो समुदायमा कम पढेलेखेका छन् तर, कानुन सवैकोलागि बराबर हुन्छ ।’

पासवान समुदायले १० धुर जग्गामा पार्क निर्माण गर्नु भन्दा सिरहाको लहानमै विघाका विघा ऐलानी जग्गा छ, त्यसमा लाखमा के करोडमा पार्क निर्माण गरियोस हामीलाई कुनै सरोकार नहुने उनीहरुको भनाई छ ।

चमार जाति सम्बद्ध तीन चार जनाको टोलीले अम्बेडकर पार्क शिलान्यास भएकै ठाउँमा बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहलाई कार्यालयमा भेटेर सिरहाको लहानस्थित सलहेस फुलबारीनजिक १० धुर जग्गामा शिलान्यास भएकै ठाउँमा अम्बेडकरको पार्क बनाउनुपर्ने र जग्गा अपुग भए चमार समुदायका डा.काशीन्द्र महरा चमारले सोही ठाउँमा दुई कट्ठा जग्गा सरकारको नाममा पारित गर्ने जानकारीसहितको ज्ञापनपत्र बुझाए ।

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार ०७:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको