राजविराज, जेठ १३ । वर्षाैको प्रतिक्षा पछि घर अगाडि नाला र सडक बन्ने भएपछि राजविराज ६ स्थित कारागार टोलका वासिन्दामा खुशियाली छाएका छन् ।
घर अगाडि नाला र पक्की सडक नहुँदा विशेष गरी वर्षायाममा घर घरमा पानी पस्ने र आवागमनमा समस्या भोग्नु परेका सो टोलका वासिन्दाको लामो समयको प्रतिक्षा अन्त्य हुने भएपछी खुशी भएका छन् ।
महेश प्रसाद यादवले गरे शिलान्यास
३५ लाख रुपैया बजेट
मंगलवार जनमत पार्टीका मधेश प्रदेशका संसदीय दलका नेता समेत रहेका प्रदेश साँसद महेश प्रसाद यादवले राजविराज कारागार पछाडि रहेको उक्त टोलमा नाला सहित आरसीसी ढलान सडकको शिलान्यास गरे संगै सयौं परिवारको वर्षाै देखिको समस्या समाधान हुने भएको छ ।
घर अगाडि नाला र सडक निर्माण स्थल उनको निर्वाचन क्षेत्रमा समेत पर्दछ । उनकै पहलमा भौतिक पुर्वाधार विकास मन्त्रालय मधेश प्रदेशबाट ३५ लाख रुपैया बजेट उपलब्ध भएपछी मंगलवार देखी नै निर्माण कार्य समेत शूरु भएको छ । शिलान्यास समारोहमा सञ्चारकर्मीहरु सीत कुरा गर्दै साँसद यादवले प्राप्त बजेटबाट पहिलो चरणमा उक्त वस्तीको अरबिन्द राउतको घरदेखी प्रभा मण्डल र महेन्द्र राउतको घर देखी अरविन्द राउतको घर सम्म नाला र सडक निर्माण कार्य सम्पन्न गरिने जानकारी दिए ।
उक्त वस्तीमा अधिकाँश दलित समुदायको वसोवास रहेको छ । शिलान्यास संगै निर्माण कार्य शूरु भएपछी निकै खुशि देखिएका टोलवासीले एकै स्वरमा भने–“बल्ल हाम्रो समस्या समाधान हुने भयो ।”
मंगलबार नै संसदीय दलका नेता यादव र अर्का प्रदेश सांसद शम्भु साहले जिल्लाको राजगढ गाउँपालिका ५ धोनकी टोलस्थित कसहा नदी नियन्त्रण कार्यालयको संयुक्र रुपमा शिलान्यास समेत गरेका छन् ।




