संसद्को गतिरोध हटाउन सभामुखको पहल



काठमाडौँ, जेठ १३ । सङ्घीय संसद प्रतिनिधिसभाको गतिरोध हटाउन संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीचको छलफल जारी छ । सभामुख देवराज घिमिरेको पहलमा सत्तारुढ र प्रतिपक्षी दलहरूबीच सहमति कायम गरी संसद्को अवरोध खुलाउन प्रयास भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयसँग जोडेर आएका विषयलाई लिएर प्रमुख प्रतिपक्षीलगायत दलहरूले आज गृहमन्त्रीको राजिनामा माग गर्दै संसद् अवरोध गरेका थिए । त्यसपछि संसद् खुलाउने विषयमा दलहरूबीच प्रयास भइरहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो ।



बैठकमा सभामुख, उपसभामुख तथा नेता, प्रमुख सचेतक र मुख्य सेचतक सहभागी हुनुहुन्छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएकामा पुनः सूचना टास गरी दिउँसो २ बजेर ३० मिनेटका लागि समय निर्धारण गरिएको थियो ।

प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार १६:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको