काठमाडौं , जेठ १४। प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
भोलि दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिपक्षीदलहरुले ‘भिजिट भिषा’ प्रकरणमा गृहमन्त्रीको राजिनामा माग गर्दै सदन अवरोध गरेपछि आज पनि बैठक सुरु भएर केहीबेरमै स्थगित भएको थियो ।
लगत्तै, सभामुखले दलका प्रमुख सचेतकहरूबीच छलफल गरे पनि सफल हुन सकेन ।




