एक सय ५७ किलो गाँजासहित दुई युवक पक्राउ



महोत्तरी, जेठ १४ । महोत्तरीको बर्दिबासबाट लागूऔषध १५७ किलो गाँजासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो साढे १२ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका १ स्थित शुभ स्वस्तिक हस्पिटल पूर्व तर्फ आउदै गरेको बा ११ च। ३४९४ नम्बरको सेतो रंगको स्कारपियोलाई रोकी चेकजाँच गर्दा भित्र गाँजा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टले जानकारी दिए ।

उनका अनुसार स्कारपियो चालक सर्लाहीको हरिवन नगरपालिका ५ पर्कोलीका ३५ वर्षीय लालबाबु साह र स्करापियोमा सवार सर्लाहीको हरिवन नगरपालिका ३ बुद्धचोकका २१ वर्षीय अभिषेक परियारलाई पक्राउ गरिएको छ ।

स्कारपियो भित्र प्लास्टिकमा बेरेर लुकाई छिपाई राखेको अबैध लागु औषध गाँजा ३० पोका फेला परेको थियो । त्यसको तौल १५७।९ किलो ग्राम रहेको छ ।
लागूऔषध गाँजा, स्कारपियो गाडीसहित पक्राउ दुबैजनामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १४, बुधबार १६:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको