९ वर्षपछि आरसीबी आईपीएलको फाइनल



जनकपुरधाम, जेठ १५ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ९ वर्षपछि आईपीएलको फाइनलमा पुगेको छ। टोलीले बिहीबार क्वालिफायर-१ मा पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गरेको छ। ओपनर फिल साल्टले अर्धशतक बनाएका छन्। जोश हेजलवुड र सुयश शर्माले ३-३ विकेट लिएका छन्।

९ वर्षपछि आरसीबी आईपीएलको सेमीफाइनलमा बेंगलुरुले बिहीबार नयाँ चण्डीगढको महाराजा यादवेन्द्र सिंह स्टेडियममा बलिङ रोजेको छ। पञ्जाब किंग्सले १४.१ ओभरमा १०१ रन मात्र बनाउन सकेको छ। मार्कस स्टोइनिसले २६ रन बनाएका छन्। यश दयालले २ विकेट लिएका छन्। आरसीबीले १० ओभरमा २ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको छ। कप्तान रजत पाटीदारले छक्का प्रहार गर्दै टोलीलाई फाइनलमा पुर्‍याएका छन्।

बेंगलुरु चौथो पटक आईपीएलको फाइनलमा पुगेको छ। टोलीले अन्तिम उपाधि खेल २०१६ मा खेलेको थियो, तर उपविजेता बनेको थियो। आरसीबीले अब जुन ३ मा अहमदाबादमा फाइनल खेल्नेछ। साथै, पञ्जाब किंग्सले जुन १ मा क्वालिफायर-२ मा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। एलिमिनेटर शुक्रबार मुम्बई र गुजरातबीच खेलिनेछ।

प्रकाशित मिति: २०८२ जेष्ठ १५, बिहिवार २२:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको