पाँच लाख भारतीय रुपैयाँसहित दुई पक्राउ



नेपालगञ्ज, जेठ १६ । बाँकेमा पाँच लाख भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरिएको छ ।

नेपाल–भारत सीमा क्षेत्र रुपैडिहा हुँदै नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई जाँच गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले भारतको उत्तर प्रदेश राज्यका लखनऊ निवासी ४० वर्षीय नीरज चौरसिया र दाडको पुरन्धाराकी २६ वर्षीया साइना नेपालीलाई आज राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको बताउनुभयो ।

पक्राउ परेकाहरूबाट भारतीय रुपैयाँ ५०० का ६०० थान र २०० का एक हजार थान गरी कुल पाँच लाख भारतीय रुपैयाँसहित प्रहरीले बरामद गरेको छ । साथै युपी ३२ एलबी ६३८९ नं को सुजुकी गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो ।

प्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रवार १७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको