गुजरात टाइटन्स आईपीएल-१८ बाट बाहिर



जनकपुरधाम, जेठ १६ । गुजराज टाइटन्स आइपिएल–१८ बाट बाहिरिएको छ । आज सम्पन्न गुजरात र मुम्वई इन्डियन्स बीचको खेलमा मुम्वई इन्डियन्सले २० रनले पराजित गरे संगै गुजरात टाइटन्स आईपीएल-१८ वाट बाहिरिएको छ ।

एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले २० रनले पराजित गरे संगै गुजरात टाइटन्स आईपीएल-१८ वाट बाहिरिएको छ । यससँगै, मुम्बई क्वालिफायर-२ मा पुगेको छ, जहाँ उनीहरूले पञ्जाब किंग्सको सामना गर्नेछन्।

नयाँ चण्डीगढको महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा मुम्बईले टस जितेर ब्याटिङ रोजेको थियो। टोलीले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको थियो। जवाफमा, गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो। ट्रेन्ट बोल्टले २ विकेट लिए। जसप्रीत बुमराह, रिचर्ड ग्लीसन, मिचेल सान्टनर र अश्विनी कुमारले एक(एक विकेट लिए। साई सुदर्शन ९८० रन० ले अर्धशतकीय इनिङ खेले। वाशिंगटन सुन्दरले ४८ रन बनाए।

एमआईका लागि रोहित शर्माले ५० बलमा ८१ रनको इनिङ खेले। उनले ९ चौका र ४ छक्का प्रहार गरे। रोहित बाहेक जोनी बेयरस्टोले ४७, सूर्यकुमार यादवले ३३, तिलक वर्माले २५ र कप्तान हार्दिक पाण्ड्याले अविजित २२ रन बनाए। गुजरातका प्रसिद्ध कृष्ण र साई किशोरले २/२ विकेट लिए।

मुम्वईलाई अव पंजाव संग आगामी म्याच खेल्नुपर्ने छ । पंजाव र मुम्वई बीच हुने खेलमा बिजयी हुने टिमले फाइनलमा रोयल्स च्यालेन्जर्स बेङ्गलोर संग फाइनल म्याच खेल्ने छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिवार ००:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको