रौतहट, जेठ १८ । रौतहटमा मृत अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको दुर्गाभगवती गाउँपालिका–५, स्थित झाझ खोलाको झुलुङ्गे पुल नजिक झाडीमा अन्दाजी २५ वर्षकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
आज बिहान ती महिलाको शव घोप्टो परेको अवस्थामा भेटिएको र अनुहार चिन्न सकिने अवस्थामा नरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
महिलाको नाम, बतन र ठेगाना खुल्न नसकेको तथा घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।






