सुनचाँदीको मूल्यमा सामान्य वृद्धि



काठमाडौँ, जेठ १८ ।  सुनचाँदीको मूल्यमा गत शुक्रबारको तुलनामा आज सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु ३०० ले बढेको छ । सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९८० निर्धारण भएको छ ।



अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको