आज देखि भारतीय ट्रेन चल्ने



जनकपुरधाम, जेठ १८ । आज देखि भारतीय ट्रेन सञ्चालन हुने भएको छ । जनकपुर–जयनगर रेलमार्गमा सञ्चालन हुँदै आएको नेपाली ट्रेन भारतको लखनउ मर्मत हुनकालागि पठाइए पछि भारतीय ट्रेन सञ्चालन हुने नेपाल रेल्वेका जिएम निरञ्जन झाले जानकारी दिएका छन् ।

साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएका रेल मर्मतसम्भारका लागि भारतको लखनउ पठाइएको छ । आज देखि भारतीय ट्रेन नेपाली ट्रेनको ठाउँमा सेवा दिने छ । ट्रेन मर्मत गर्न करिव १२ करोड रुपैयाँ खर्च हुने छ त्यो भारतीय सरकारले बेहोरेको जिएम झाले बताए ।



ट्रेन मर्मत गर्न र त्यहाँ बाट नेपाल ल्याउन करिव दुई महिनाको सम्म लाग्ने छ त्यस अवधि भर भारतीय ट्रेनले सेवा दिने छ । आज देखि सञ्चालन हुन लागेको ट्रेनमा एसीको व्यवस्था नरहेको समेत जिएम झाले जानकारी दिए ।

भारत सरकारले नेपाल रेल्वेको लागि गरेको सहयोग सराहनीय रहेको भन्दै जिएम झाले यस भन्दा पहिला ट्रयाक मर्मतमा लागेको २० करोड समेत भारत सरकारले सहयोग गरेको जानकारी दिए ।

रेल्वेले दिने सेवा

रेल सेवाको पहिलो ट्रिप रेल भङ्गहाबाट (बिजलपुरा) बिहान ७ः३० प्रस्थान र जयनगर ९ः१५ पुग्ने र अन्तिम जयनगरबाट दिउँसो ४ः१५ बाट चल्ने रेल साँझ ७ः१५ बजे भङ्गहा आइपुगेर रात्रि विश्राम गर्ने गरेको छ।

त्यस्तै जयनगरबाट बिहान १० बजे प्रस्थान गर्ने रेल जनकपुरधाम ११ः१५ बजे पुग्ने र सोही रेल जनकपुरधामबाट बिहान ११ः४५ बजे चल्ने रेल जयनगर दिउँसो १ः१५ बजे पुग्ने जनाएको छ । यसैगरी फेरि जयनगरबाट दिउँसो १ः४५ बाट चल्ने रेल जनकपुरधाम दिउँसो ३ः१० बजे आइपुग्ने र सोही रेल पुनः जनकपुरधामबाट दिउँसो ३ः१५ बजे सञ्चालन भई दिउँसो ४ः४० बजे जयनगर पुग्ने गरेको छ छ ।

दिउँसो ४ः४५ बजे जयनगरबाट बिजलपुराका लागि अन्तिम रेल सेवा सञ्चालन हुने छ । यो रेल साँझ ७ः१५ बजे भङ्गहा (विजपुरा) पुगेर रात्रि विश्राम गर्ने गरेको छ ।

समय तालिका अनुसार नै भारतीय ट्रेन सञ्चालन हुने छ । नेपाल रेल्वेले सूचना प्रकाशित गरेर समेत यस बारेमा जानकारी गराएको छ । सेवामा पर्ने असुविधाकोलागि नेपाल रेल्वेले क्षामा समेत मागेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार ०९:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको