काठमाडौं , जेठ १८ । राजावादी आन्दोलनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिएका छन।
राजावादी आन्दोलनको चौथो दिन आन्दोलनबाटै सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको हो ।
राजसंस्था पक्षधरको आन्दोलन आइतबार चौथो दिन नारायणचौरमा चलिरहेको थियो।
उनलाई नेपाल प्रहरीले जबर्जस्ती भ्यानमा कोचेको थियो।
कमल थापा पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री हुन्।






