काठमाडौँ, जेठ १८ । राजावादी आन्दोलनको क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न काठमाडौँ प्रहरी परिसर भद्रकाली पुगेका सांसद् दीपकबहादुर सिंह आफै हिरासतमा पुगेका छन ।
आइतबार दिउँसो पक्राउ परेका थापालाई भेट्न राप्रपा नेता तथा सांसद् सिंह काठमाडौँ परिसर पुगेका थिए सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिई हिरासतमा राखेका हुन
काठमाडौँ प्रहरीका प्रवक्ता अपीलराज बोहोराले निषेधित क्षेत्र तोडने प्रयासमा उनको पनि भूमिका रहेकाले नियन्त्रणमा लिइएको बताएका छन ।
यसअघि राजसंस्था पक्षधर आन्दोलनको चौथो दिन नारायणचौरमा प्रदर्शन गरिरहेका थापासहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।




