जनकपुरधाम, जेठ १९ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक महत्वाकांक्षा कसै बाट लुकेको छैन । उनले आफनो दोस्रो कार्याकाल पुरा गरे लगतै पुनः सक्रिय राजनीतिमा फर्किने संकेत गरि सकेकी छन ।
राष्ट्रपतिको कार्यकाल पुरा भएपछि केही दिन विश्राम गरेकी भण्डारी त्यस लगतै राजनीतिक भेटघाटलाई तीब्रता दिएकी छन । त्यति मात्र होइन उनले देश दौडाहा गरि आफु निकट नेता कार्यकर्ता संगको सम्वादलाई समेत तीब्रता दिएकी छन ।
नेकपा एमालेको अगामी महाधिवेशनबाट सक्रिय राजनीतिमा फर्किने संकेत गरेकी भण्डारीको पछिल्लो चिन भ्रमणलाई समेत त्यसैको कडीको रुपमा व्याख्या हुन थालेको छ । उनको चिन भ्रमण न त पूर्व राष्ट्रपतिको हैसियतमा भएको छ , न त एमाले नेतृ कै रुपमा । तर चिन भण्डारीलाई दिएको सम्मान र महत्वले नेपाली कम्युनिष्ट आन्दोलनको लागि ठुलो सन्देश दिएको राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन ।
गत १० जेठको राति काठमाडौंबाट बेइजिङ उडेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली एक साता लामो भ्रमण सकेर स्वदेश फकिन लागेकी हुन ।
चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले महत्वपूर्ण र उच्च तहको भेटवार्ता गरेकी छन । गान्सु प्रदेशमा रहेकी भण्डारीले चीनका उपराष्ट्रपति हान चेङसँग समेत भेटवार्ता गर्न भ्याएकी हुन ।
भेटवार्ता निश्चित नभएको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का शीर्ष नेता चेङसँगको भेटलाई राजनीतिक वृतले महत्वका साथ हेर्न थालेका छन । चीन सरकारका दोस्रो बरियता र सिपीसीको आठौ बरियताका नेता चेङले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुलाई चिनियाँ पक्षबाट यो भ्रमणलाई उच्च महत्व दिएको रूपमा बुझ्नुपर्ने कूटनीतिज्ञहरू बताउँछन् ।
नेपालको कम्युनिष्ट आन्दोलन टुटफुटको सिकार भई रहेको , ठुला कम्युनिष्ट पार्टी बीच एकता हुदा समेत कायम रहन नसकेको र तत्कालनि एमाले र्नै दुई चिरामा विभाजित भई सकेको अवस्थामा नेपालको कम्युनिष्ट आन्दोलनलाई एक ढिक्का बनाउन चिनले पूर्व राष्ट्रपति भण्डारीलाई साझा नेतृत्वको रुपमा अघि सार्ने संकेत गरेको भान हु्न थालेको छ ।
सक्रिय राजनीतिमा फर्किने पूर्व राष्ट्रपति भण्डारीको महत्वाकांक्षा र नेपाली कम्युनिष्ट आन्दोलनलाई एक ढिक्का बनाउने चिनको चाहनाका बीच भण्डारी सेतुको भूमिका निर्वाह गर्न सक्ने ठानेर भण्डारीलाई उच्च सम्मान दिएको राजनीतिक विश्लेषकहरुले अनुमान गर्न थालेका छन ।
पार्टीका विदेश विभाग प्रमुख रघुविर महासेठका अतिरिक्त आफु निकट नेताहरुलाई लिएर चिन उडेकी पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु अघिको पूर्व तयारीको रुपमा लिनु पर्ने हुन्छ ।
भ्रमण टोलीमा रहेका नेता कर्ण थापा त विद्या भण्डारीलाई एमालेको भावी अध्यक्ष बनाउनुपर्ने पक्षमा चर्को वकालत गर्ने नेता हुन् । चीन भ्रमणकै क्रममा एमाले स्थायी कमिटी सदस्य थापाले सीपीसी र चीनले नेपालका भावी नेताका रूपमा विद्या भण्डारीलाई महत्व दिएको टिप्पणी गरेका छन् । उनका अनुसार सीपीसी र एमालेबीचको सम्बन्धदेखि नेपालमा वाम शक्ति एकीकृत गर्न पनि विद्या भण्डारी अगाडि बढ्नुपर्ने सन्देश चीनका तर्फबाट प्राप्त भएको छ ।
कतिपय नेताहरू चीनले कम्युनिष्ट एकताका लागि मात्र नभएर एमालेकै उत्तराधिकारीका रूपमा पनि विद्या भण्डारीलाई महत्व दिएको हुनसक्ने बताउँछन् ।
ओलीको नेतृत्वमा रहदा सम्म एमाले र समाजवादी बीच एकता हुन नसक्ने , माओवादी संगको एकतालाई समेत बल दिन नसक्ने निष्कर्षमा पुगेको चिनले भण्डारीलाई एमालेको भावी नेतृत्व र कम्युनिष्ट आन्दोलनको साझा व्यक्तित्वको रुपमा उनलाई अघि सार्न खोजेको सन्देश दिन यो भ्रमण गराएको हो ।
पार्टीभित्र पनि ओलीलाई चुनौती दिनेगरीका गतिविधि विद्या भण्डारीकै नाममा भइरहेका तथ्यहरू सार्वजनिक भइरहेका छन् । प्रदेश र जिल्ला कमिटीका अधिवेशन होस्, वा जनसंगठनहरूको महाधिवेशनमा केपी ओली भर्सेस विद्या भण्डारी संघर्ष चलिरहेको छ । यसर्थ पनि विद्या भण्डारीलाई एमाले नेताकै हैसियतमा महत्व दिएको बुझ्न सकिन्छ ।




