बुद्धिजीवी परिषद्को अध्यक्षमा थपलिया



काठमाडौँ, जेठ १९ । नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्रप्रसाद थपलिया निर्वाचित हुनुभएको छ ।

गतराति सम्पन्न अधिवेशनले उहाँ सहित ९९ सदस्यीय नयाँ कमिटी चयन गरेको हो । यसैगरी परिषद्को उपाध्यक्षमा गोविन्द्र शाही,सचिव डा अर्जुनकुमार सिंह चयन हुनुभएको छ । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मात्र निर्वाचन भएको जनाइएको छ ।

अधिवेशनले महिला उपाध्यक्षमा राधा अधिकारी, महासचिव दीपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा लाक्पा शेर्पा, प्रचार सचिव डा टीका ढकाल तथा आर्थिक सचिव कृष्णकुमार लम्साल सर्वसम्मत चयन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार परिषद्को ११औँ राष्ट्रिय अधिवेशनले उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति: २०८२ जेष्ठ १९, सोमबार ११:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको