जेएनयुमा अब ’उपकुलपति’ को सट्टा ’कुलगुरु’ शब्द प्रयोग गरिने



एजेन्सी
नयाँ दिल्ली, जेठ २० । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा अब ’उपकुलपति’ को सट्टा ’कुलगुरु’ शब्द प्रयोग गरिने भएको छ ।

’कुलगुरु’ शब्द प्रयोग गरिने  निर्णयलाई भाषिक परिवर्तनको रूपमा मात्र नभई भारतीय ज्ञान परम्परा, समावेशीता र लैङ्गिक तटस्थतातर्फको महत्त्वपूर्ण पहलको रूपमा प्रस्तुत गरिएको जेएनयुले जनाएको छ ।

जेएनयूका उपकुलपति प्रोफेसर शान्तिश्री धुलिपुडी पण्डितले हालै सम्पन्न कार्यकारी परिषद्को बैठकमा विश्वविद्यालयको डिग्री प्रमाणपत्र र अन्य शैक्षिक कागजातहरूमा ’कुलगुरु’ शब्द प्रयोग गर्नुपर्ने प्रस्ताव राखेकी थिइन् ।

उनी भन्छिन , ’कुलगुरु’ शब्द संस्कृतमा बढी सटीक, अर्थपूर्ण र लैङ्गिक तटस्थ छ । यसले ज्ञान प्रदान गर्ने ’गुरु’ को रूपमा काम गर्ने शैक्षिक प्रमुखको भूमिकालाई पनि राम्रोसँग प्रतिबिम्बित गर्दछ।
निर्णय लगर्तै विश्वविद्यालयको परीक्षा नियन्त्रकले समेत सबै डिग्री र पत्राचारमा उपकुलपतिको सट्टा कुलगुरु शब्द प्रयोग गर्न आदेश दिइएको छ।

यो परिवर्तनको पक्ष र विपक्षमा छलफल भइरहेको छ । शिक्षाविद्हरूले यस्ता कदमहरूले भाषामा समावेशीता मात्र ल्याउने नभई शिक्षालाई भारतीय सांस्कृतिक सन्दर्भसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।
अर्कोतर्फ, जेएनयूका एक शिक्षकले भने, उपकुलपति राम्रो शब्द हो तर यसलाई लैङ्गिक तटस्थ भन्नु ठीक नहुने टिप्पणी गरेका छन । उनले उपकुलपति आफैंमा पुल्लिंगी लिङ्गमा रहेकाले भविष्यमा यस सम्बन्धमा थप बहस र परिवर्तनहरू देखिन सक्ने सम्भावना व्यक्त गरेका छन ।

प्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलवार २०:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको