रोयल च्यालेन्जर्स बैंगलोर पहिलो पटक च्याम्पियन



जनकपुरधाम, जेठ २० । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो पहिलो उपाधि जितेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आरसीबीले पञ्जाब किंग्स (पीबीकेएस) लाई ६ रनले पराजित गरेको छ। १९१ रनको लक्ष्य पछ्याउँदै पीबीकेएसले १८४ रन मात्र बनाउन सकेको छ।

आईपीएलले १८ औं सिजनमा आफ्नो आठौं च्याम्पियन पायो । बैंगलोरबाट विराट कोहलीले ३५ बलमा ४३ रन बनाए। कृणाल पाण्ड्याले १७ रनमा २ विकेट लिए। भुवनेश्वर कुमारले पनि २ विकेट लिए। पञ्जाबबाट अर्शदीप सिंह र काइल जेमिसनले ३÷३ विकेट लिए।

प्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलवार २३:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको