काठमाडौं, जेठ २० । यातायात व्यवसायीहरूले जारी आन्दोलन थप सशक्त बनाउने बताएका छन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले विज्ञप्ति जारी गर्दै सरकारसँगको जारी वार्ता र जारी आन्दोलन एक साथ सशक्त रुपमा अघि बढाउन देशभरका यातायात व्यवसायी, स्वरोजगार, मजदुर, कर्मचारीहरूमा आग्रह गरेका छन् ।
संघीय सरकारसँग भएको सहमति गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरे भोलि देखि आन्दोलन अझै सशक्त रुपमा अघि बढ्ने विज्ञप्तिमा बताइएको छ ।
‘संघीय सरकारसँग भएको सहमतीलाई गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरे भोली पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलनका थप कार्यक्रम र सरकारसँग भएका सम्झौता सार्वजनिक गरिने पनि विज्ञप्तिमा बताइएको छ ।




