एजेन्सी
पटना (विहार) , जेठ २० । शिवहर–सीतामढी सडक खण्डको रसिदपुर पुल नजिकै सोमबार राति तीव्र गतिको स्कार्पियो र ई–रिक्सा एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । मृतक पिपराही प्रहरी चौकी क्षेत्रको मीनापुर बलाहा गाउँकी ३५ वर्षीया फुलो देवी रहेको जनाइएकोृ छ।
दुर्घटनामा ई–रिक्सा चालक र ई–रिक्सा सवार महिला र उनको बच्चा सहित अन्य तीन जना घाइते भएका छन्। तीनै जनाको अवस्था गम्भीर छ। बेहोस अवस्थामा रहेका कारण तीन जनाको पहिचान हुन सकेको छैन। स्थानीय मानिसहरूले घाइतेहरूलाई उपचारको लागि सदर अस्पताल लगेका छन्।
यसैबीच, नगर प्रहरी चौकीको प्रहरीले महिलाको शव नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाएको छ । प्रहरीले घटनास्थलबाट स्कार्पियो र ई–रिक्सालाई नियन्त्रणमा लिएको छ। घटनापछि स्कार्पियो चालक र त्यसमा सवार व्यक्तिहरू भाग्न सफल भएका छन्। दुर्घटनामा ई–रिक्सा र स्कोर्पियो नराम्ररी क्षतिग्रस्त भएका छन्




