ओम प्रकाश यादव
रौतहट, जेठ २२ । रौतहटमा कुष्ठरोगीको संख्या दिनप्रतिदिन बढदै गएको छ । गत आर्थिक बर्षभरी १ सय २४ जना मात्रै कुष्ट रोगी पत्ता लागेको थियो भने चालु आर्थिक बर्षको ६ महिना भित्र नै १ सय १८ जना नया कुष्ट रोगी पत्ता लागेको पाइएको हो ।
बिहिवार स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा तथा लेप्रोसी मिसन नेपालको सहयोगमा रौतहटका पत्रकारहरु संग कुष्ठरोग सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रौतहटको कुष्ठरोग शाखा प्रमुख राजेश सिंहले बजेट अभाबको कारण अझ धेरै रोगीहरु पत्ता लगाउन कठिन भएको बताएका छन । स्थानिय तह , वाड स्तरमा नागरिकहरु संग छलफल गर्नुपर्ने आवश्यकता रहेको शाखा प्रमुख सिंहले बताए । बजेट अभाबको कारण हरेक नागरिकलाइ रोगको बारेमा सचेत गराउन कठिन भएको उनको धारणा छ ।
कुष्ठरोग लागेको शंका लागेमा आफनो नजिकैको स्वास्थ्य चौकीमा गएर निशुल्क स्वास्थ्य परिक्षण गराउन सिंहले आग्रह गरेका छन । रौतहटमा अहिले १ सय २४ पुरानो रोगी रहेका छन । जिल्लामा १ सय १८ जना बिरामी अझै उपचारत रहेको शाखा प्रमुख सिंहकोे भनाइ छ । रौतहटको सबैभन्दा बढी यमुनाई गाउँलिकामा १७ जना कुष्ठरोगी रहेका छन । गरूडामा १६ जना,कटहरियामा १३ जना माधव नरायणमा १० जना बौद्धिमाईमा १२ जना बिरामी रहेको सिंह ले जानकारी दिए यस्ता रोगी रहेको साहले बताए ।
यस्तै गरूडा नगरपालिका वाड नं. ४ कौशैला देवी पनि ६ महिना औषधी खाएर रोग निको भएको बनाएको छ । कार्यक्रममा द लेप्रोसी मिसन नेपालका डा. लोकेश्वर चौरसिया र जिल्ला फोकल प्रश्न रौशन कुमार साह कुष्ठरोगको लक्षण,उपचार र अहिलेको अबस्था बारे जानकारी गराएका छन । कुष्ठरोगको उपचार नपाएका वा नगराएकाहरु बाट सर्ने हुदा सचेत रहन डा। चौरसिया आग्रह गरेका छन ।
रोगको पहिचान हुनेबित्तिकै स्वास्थ्यकर्मीहरुको सल्लाह मा औषधी सेवन गर्न उनले आग्रह गरेका छन ।नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिली बहादुर कर्कीले यो रोग निदानको लागी टोलटोलमा अभियान शुरु गर्न आवश्यक रहेको धारणा राखेका छन । कुष्ठ प्रभावित तथा अपागंता भएका व्यक्तिहरुको मुख्य जटिलताहरु र रोगको उपचारको बारेमा कार्यक्रममा प्रस्ट्याइएको थियो ।




