नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या



नवलपरासी, जेठ २३ । पश्चिम नवलपरासीमा छारोले बाबु र छिमकीको हत्या गरेका छन् ।

आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताउनुभएको छ । खेमराजले दुवै जनाको टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको उहाँको भनाइ छ ।



इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आरोपित पक्राउ गरिसकेको प्रहरीको भनाइ छ । खेमराजले किन हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ २३, शुक्रबार १५:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको