एजेन्सी, जेठ २७ । राष्ट्रिय जनता दल (आरजेडी)ले जातीय जनगणना पछि, केन्द्र सरकारले पिछडिएको वर्ग (ओबीसी) र अति पिछडिएको वर्ग (ईबीसी) को जातीय जनगणनाको तथ्यांक समग्रमा जारी नगर्ने आशंका व्यक्त गरेको छ ।
बिहार विधानको निर्वाचन नजिकीदै जाँदा आरजेडीका राष्ट्रिय मुख्य प्रवक्ता प्रो. मनोज झाले जातीय जनगणनाको तथ्यांक सार्वजनिक नभए विहार आन्दोलन आँधी आउने चेतावनी दिएका छन । उनले जातीय जनगणनाको तथ्यांक सार्वजनिक नभए बिहारमा हुने आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदी कल्पना बाहिर हुने दावी समेत गरेका छन ।
पार्टीको प्रदेश कार्यालयमा पत्रकार सम्मेलन गर्दै झा भाजपाको आचरण, चरित्र र अनुहार सुरुदेखि नै बहुजन विरोधी र आरक्षणको विरुद्धमा रहेको टिप्पणी गरेका छन । उनले भने, ‘लालु प्रसादले पहिले नै बताइसकेका छन् कि भाजपाको सोच मनुस्मृति र विचारहरूको समूहबाट प्रेरित छ । सम्भवतः सरकारको मनसाय जातीय जनगणनालाई यसको आधारभूत उद्देश्यबाट विचलित गर्नु हो । आरजेडीले यो हुन दिने छैन ।’
झाले आरजेडीसँगै कांग्रेस, समाजवादी पार्टी, द्रमुक आदिले सरकारलाई समग्रमा तथ्याङ्क जारी गर्न बाध्य पार्ने जिकीर गरेका छन् । सामाजिक–आर्थिक उत्थानको नीति र आरक्षणको सीमा यस तथ्याङ्कको आधारमा निर्धारण गरिने उनको कथन छ । मुख्यमन्त्रीले आरक्षण सम्बन्धी तेजस्वीको पत्रको जवाफ नदिएपछि उनले बिहार सरकारको नियत शंकास्पद रहेको समेत बताए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय उपाध्यक्ष उदय नारायण चौधरीले भने ‘पहिले मनमोहन सिंहको सरकारले लालु प्रसादको दबाबमा जातीय जनगणना गरेको थियो। उनले फाइल भ्रष्टाचारको कारण देखाउँदै तथ्याङ्क जारी गरेनन्। यस पटक यो चल्ने बाला छैन । ’
प्रदेश प्रमुख प्रवक्ता शक्ति सिंह यादव ‘बिहार पहिलो–बिहारी पहिलो’को नारा दिने चिराग पासवान १६ प्रतिशत आरक्षणको चोरी र हडपमा मौन रहेको प्रति प्रश्न गरेका छन । पत्रकार सम्मेलनमा चित्तरञ्जन गगन, एजाज अहमद, अरुण कुमार यादव, मनोज शर्मा आदि उपस्थित थिए।






