राकेश यादव
रौतहट, जेठ २७ । बिगत केहि दिन देखि बढेको प्रचण्ड गर्मीको कारण रौतहट लगायत तराईका जिल्लाहरुमा जनजीवन प्रभावित भएको छ।
बिहान देखि लाग्ने चर्को घाम र तातो हावाको कारण सर्बसाधारण मानिस देखि जिव जन्तु समेत प्रभावित भएका हुन।
जेष्ठ महिनामा कृषि कार्य देखि विकास निर्माणका कार्यको चटारो रहेको बेला बढेको अत्याधिक गर्मीका कारण काम गरेर जीविक बिताउने श्रमिक मजदुरहरू पनि समस्यामा परेको हो।
गर्मीका कारण घर बाहिर निस्किने गार्हो भएको स्थानीय उमेश यादवले बताए। लगातार सुर्यको तापको कारण घर बाहिर कृषि लगायतको काम गर्न गार्हो भै रहेको उहाको भनाइ रहेको छ। गर्मीको कारण बिद्यालयमा अध्यन गर्ने बाल बालिका पनि प्रभावित बनेको छ भने बाटो हिड्ने बटुवालाइ लु लाग्ने उच्च जोखिम समेत देखिएको छ। दिउसोको समयमा सडक सुनसान देखिने गरेको छ।
अचानक बढेको गर्मीले रौतहट जिल्लाको सदरमुकाम गौर स्थित रहेको सरकारी कार्यालयमा काम गराउन आउने सेवा ग्राहीहरुको संख्यामा पनि कमी आएको देखिएको छ। दिनहु भिड लाग्ने रौतहट जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालय हरुमा चहल पहमा कमी आएको हो।
गर्मी अधिक बढेपछि बिरगंजमा सामुदायिक विद्यालयमा केहि दिनको लागि विद्दा समेत दिइएको छ। रौतहटमा अहिले निजी तथा सामुदायिक बिद्यालयहरू संचालन अवस्थामा रहेको छ।
गौर प्रादेशिक अस्पतालका चिकित्सकले बढ्दै गएको गर्मीको मौषममा बिहान र बेलुका हिड्नु पर्ने र हिड्दा छाताको प्रयोग गर्नु पर्ने सुझाब दिएका छन्। गर्मीमा बिशालु सर्पको बिगबिगी हुने भएकोले सुत्दा र हिड्दा साबधानी अपनाउनु पर्ने चिकित्सकहरुको सुझाब रहेको छ।






