
काठमाडौं , जेठ २७ । एक महिनाको अवधिमा १ खर्ब ६५ अर्ब ३० करोड भित्रिए संगै रेमिट्यान्समा नयाँ कीर्तिमान कायम भएको छ । २०८२ वैशाखमा मात्र रेमिट्यान्समा नयाँ कीर्तिमान कायम भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
यसअघि एकै महिनामा यो मात्रामा रेमिट्यान्स भित्रिएको थिएन । यसअघि फागुन २०८१ मा सबैभन्दा धेरै १ खर्ब ५१ अर्ब २० करोड रेमिट्यान्स भित्रिएर कीर्तिमान बनेको थियो । यो कीर्तिमान वैशाखमै तोडिएको हो ।



यससँगै चालु आर्थिक वर्ष २०८१र८२ को १० महिनाको अवधिमा साढे १३ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
यो अघिल्लो आवको यसै अवधिको तुलनामा १३।३ प्रतिशत धेरै हो । अघिल्लो आवमा यो वृद्धि १६।९ प्रतिशतले वृद्धि भएको थियो ।
गत वर्ष वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ मात्र भित्रिएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०।५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष १४।८ प्रतिशतले बढेको छ ।