अब त आश मरिसक्यो : दुर्गादेवी पन्त



जनकपुरधाम, जेठ २७ । छोरी निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता लागेको छैन् । पत्ता लगाएको भए त धेरै कुरा थाहा हुन्थ्योहोला । तर खोइ केही थाहा छैन् । अब अनुसन्धान गर्छन् या गर्दैैनन् त्यो पनि थाहा छैन् । हिजोआज त यता आएर कसैले पनि सोधपुछ गरेका छैनन् । मलाई अब त आश मरिसक्यो । अहिलेसम्म कसैले पत्ता लगाएनन् र लगाउँछन् जस्तो पनि लाग्दैन् । पहिले अर्थात एकदुई वर्ष अगाडि त प्रहरीहरु आउँदै खोजी गर्दैछौं भन्थे । अहिले चाँही आएका नि छैन्न् । पत्ता लगाउँदैनन् जस्तो लाग्छ । आशा मरिसक्यो ।

कानुन पनि यस्तै रहेछ । गर्छु भन्दाभन्दै धेरै वर्ष वितिसक्यो । हिजोआज त अपराधी पत्ता लगाउन खोजी गरेको जस्तो नै लाग्दैन् । त्यसैले धेरै आशा गर्ने ठाउँ छैन् । धेरैतिरको दबाबपछि तत्काल सरकारले केही राहत दिएको थियो । पहिले नै सरकारले राहत दिएको हो । त्यही मात्रै हो, अहिले पाएको छैन् ।

अहिले स्वास्थ्य कार्यालय सहयोगीका रुपमा काम गरिरहेको छु । दिन काट्ने बाटो गरिरहेको छु । आफ्नो जीवन चलाउनलाई अरु केही काम छैन् । के गर्नु सानोतिनो काम गर्नैपर्यो । घट्ना भयो, माहोल बिग्रियो । एकदमै समस्या भयो । अनि सानो जागिर लगाइदिनु भनेका थियौं । त्यसपछि २०७६ सालदेखि काम गरिरहेको छु ।

अझैपनि अपराधी पत्ता लगाइदिनुहोस् भनिरहेकी छु । तपाईहरुले अनुसन्धानकर्ताहरुलाई पनि सोधिदिनुहोला र कारबाही गराइदिनुहोला । घटना भइहाल्यो छोरी त फर्केर आउँदिनन् तर पनि अपराधीलाई सजाय मिल्यो भने अलि सन्तुष्टि हुने थियो । (निर्मला पन्तकी आमा दुर्गादेवीसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति: २०८२ जेष्ठ २७, मंगलवार ११:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको