एआई नीति २०२५ को तयारी पूरा : मन्त्री गुरुङ



काठमाडौं जेठ २७ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले सरकारले एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले एआई नीति २०२५ को तयारी पूरा भएको र अब मन्त्रिपरिषद्को बैठकबाट पारित हुन मात्र बाँकी रहेको भन्दै उक्त नीतिले नेपालको लागि नैतिक, आदर्श आधार पारिस्थितिक प्रणाली सुनिश्चित गर्ने बताए ।



उनले भने, ‘भविष्य केन्द्रीत र जनताको हितमा काम गर्न नेपालको धारणा एकदमै स्पष्ट छ । सरकारले एआईको विकासको लागि एआईको नीति २०२५ को तयारी पूरा भएको छ र अब मन्त्रिपरिषद्को बैठकबाट पारित हुन मात्र बाँकी छ । नीतिले नेपालको लागि नैतिक, आदर्श आधार पारिस्थितिक प्रणाली सुनिश्चित गर्छ ।’

यस्तै, उनले आइटी र सूचना प्रविधि पारिस्थितिक प्रणालीको निर्माण गर्न हरेक प्रदेशमा आइटी कम्पनी खोलेर आइटी हब बनाउने पनि बताए ।

शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, आर्थिक, उद्योग र सरकारलाई पूर्ण रुपान्तरण गर्नको लागि पनि सरकारले पहल गरेको उनको भनाई छ ।

साथै, उनले कानूनी, भौतिक र प्राविधिक व्यवस्थासहित आइटीलाई पूर्ण चरणका उद्योगको रूपमा स्थापित गर्ने भन्दै डिजिटल नागरिकको लागि भविष्य तयार गर्नको लागि सबै युवाहरुलाई डिजिटल कौशलता विकासको लागि एआइ तालिम वितरण गर्ने बताए ।

प्रकाशित मिति: २०८२ जेष्ठ २७, मंगलवार १३:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको