एजेन्सी, जेठ २८ । भारतीय कम्युनिष्ट पार्टी (माले)ले बिहार विधानसभाको ४५ सिटमा उम्मेदवारी दिने घोषणा गरेको छ । बिहार विधान सभा निर्वाचनको घोषणा हुनुभन्दा अगाबै भाकपा मालेले ४५ सिटमा उम्मेदवारी दिने घोषणा गरेको छ । पार्टीका महासचिव दीपंकर भट्टाचार्यले पनि महागठबन्धनसँग सिट समायोजन र चुनावी एजेन्डाको बारेमा वार्ता हुने बताएका छन ।
उनले भने कि हाम्रो पार्टीले राज्यमा ४० देखि ४५ विधानसभा सिटमा उम्मेदवारी दिने तयारी गरिरहेको छ ।
पत्रकार सम्मेलनमा उपस्थित पार्टीका पोलिटब्यूरो सदस्य धीरेन्द्र झा, विधायक गोपाल रविदास र सन्दीप सौरभ, विधान परिषद् सदस्य शशी यादव, केडी यादव र उमेश सिंहको उपस्थितिमा उनले सिट संख्या बारे घोषणा गरेका हुन ।
दीपंकरले राज्यमा हुने चुनावमा जनता महागठबन्धनको साथमा रहेको बताए । जनताको मनसाय पनि स्पष्ट छ कि अपराध र अराजकतालाई संरक्षण गर्ने सरकार परिवर्तन हुनुपर्छ। हाम्रो पार्टीले १८ जुन देखि २७ जुनसम्म सम्पूर्ण राज्यमा ‘जनतामाझ बडलो सरकार–बडलो’ बिहार यात्रा निकाल्नेछ। यो यात्रा राज्यका चार मुख्य क्षेत्रहरूमा आयोजना गरिनेछ।
यात्रा शाहाबाद क्षेत्र, मगध क्षेत्र, सारण–चम्पारण क्षेत्र र मुजफ्फरपुरदेखि दरभंगासम्मको क्षेत्रमा हुने छ । यात्राको क्रममा ११ जुनमा गयाको बाराचट्टी, १२ जुनमा वारसालीगंज, १३ जुनमा राजगीर र १४ जुनमा मगध क्षेत्रमा बिहार शरीफमा सार्वजनिक संवाद आयोजना गरिने समेत उनले बताएका छन ।
बिहारमा सरकार भन्ने कुनै चीज छैन
महासचिव भट्टाचार्यले भने ,‘वर्तमान समयमा बिहारमा सरकार भन्ने कुनै चीज बाँकी छैन। राज्यमा कानून व्यवस्था पूर्ण रूपमा ध्वस्त भएको छ र जनता अपराध र अराजकताको चंगुलमा फसेका छन्।’ उनले भने कि विकास र सुशासनको नाममा बिहारमा सामन्ती उत्पीडनलाई बढावा दिइएको छ।






