आज दुई वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं, जेठ २८ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।

बुधबार बस्ने यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ ।

दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७६ औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।
यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २८१ औँ बैठक बिहानको ११ः३० बस्दैछ । बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गरिने छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ २८, बुधबार ०८:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको