फरार प्रतिवादीलाई गोली हानेर पक्राउ



दाङ, जेठ २९ । कैलाली प्रहरीले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।

फरार प्रतिवादीलाई पक्राउ गर्ने क्रममा भजनी-७ मा मिलन चन्द र हृदम ढुङ्गानालाई गोली हानिएको प्रहरीको भनाइ छ । दुवैजनालाई घुँडामुनि एक-एक राउन्ड गोली लागेको छ ।

पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाको लागि गोली चलाइएको कैलाली प्रहरी प्रमुख बालनरसिंह राणाले नेपाल प्रेसलाई बताए । घाइतेहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ २९, बिहिवार १७:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको