विपक्षी दलहरूको बैठक बस्दै



काठमाडौं, जेठ २९ । विपक्षी दलहरूको बैठक बस्दै छ । प्रतिनिधि सभाको जारी अवरोधको विषयमा उनीहरू छलफलमा जुट्न लागेका हुन् ।

नेताहरूका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमै बस्नेछ । प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । त्यसअगाडि विपक्षी दलहरूको बैठक बस्न लागेको हो । बुधबार बसेको विपक्षी दलहरूको बैठकले रास्वपाले प्रस्ताव गरेको ५ बुँदे सहमतिको मस्यौदालाई स्वीकार गर्दै त्यसका सत्तापक्षको धारणा मागेको थियो ।

सत्तापक्षले त्यसलाई स्वीकार गर्न नसकिने भनेको छ । यो अवस्थामा फेरि विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: २०८२ जेष्ठ २९, बिहिवार १३:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको