संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी



सुनसरी, जेठ ३० । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आजैदेखि खुल्ने गरी छलफल भइरहेको बताउनुभएको छ ।

आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उहाँले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताउनुभयो । “केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ”, महामन्त्री थापाले भन्नुभयो ।

उहाँ तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आउनुभएको हो ।

त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद् आजैदेखि खुल्ने उल्लेख गर्नुभयो । उहाँले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक सङ्केत देखिएको बताउँदै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार १३:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको