जनकपुरधाम, जेठ ३० । मधेश केन्द्रित दलहरु आवद्ध संघीय लोकतान्त्रिक मोर्चाले आदिवासी जनजातिहरु संग सहकार्य गर्ने निर्णय गरेको छ ।
मोर्चा घटक राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले आदिवासी जनजातिको सवालमा काम गरि रहेका राजनीतिक दल र संघ संगठनहरु संग सहकार्यका लागि सम्वाद अघि बढाउने निर्णय गरेको छ ।
बैठकले सहकार्यका लागि सम्वाद अघि बढाउने जिम्मा सचिवालयलाई दिएको मोर्चाद्वारा विज्ञप्तिमा उल्लेख छ ।
पहिचानको विषयमा आन्दोलनरत आदिवासी जनजातिहरु संग सहकार्यका लागि मोर्चाले कदम बढाएको छ ।
बैठकले अगामी बैठकबाट मोर्चाको कार्यविधीलाई अन्तिम रुप दिने गरि कार्यमा जुटने निर्णय समेत गरेको छ । त्यसका लागि अगामी बैठक अगाबै घटकदल संग सुझाव संकलन गरि कार्यविधीलाई पूर्णत दिने निर्णय गरेको हो ।
बैठकले भिजिट भिषा प्रकरणमा दोषी उपर कारबाहीको मांग गर्दै भारतको अहमदाबादमा भएको जहाज दुर्घटना प्रति गहिरो दुःख व्यक्त गरेको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालयमा सम्पन्न बैठकमा जसपा नेपालको तर्फ बाट अध्यक्ष उपेन्द्र यादव सहित राजकिशोर यादव, राम कुमार शर्मा, लोसपा नेपालको तर्फ बाट अध्यक्ष महन्थ ठाकुर सहित ज्ञानेन्द्र झा, मुकेश झा सहभागि थिए ।
त्यसैगरि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान , राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, अनिल महासेठ, चन्द्रनारायण चौधरी, नागरिक उन्मुक्तिबाट लालबिर चौधरी , जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी सहित डा.शिवजी यादव र तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालको सहभागिता रहेको थियो ।




