धनुषामा गलेको अवस्था एक महिलाको शव फेला



विनोदकुमार महतो
ढल्केवर, जेठ ३१ । धनुषामा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका–४, स्थित चमेनियामाई मन्दिरदेखि सात सय मिटर उत्तरपश्चिमतर्फ रहेको साझेदारी वन क्षेत्रमा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले अन्दाजी २५ देखि ३० वर्ष उमेरकी महिलाको शव माउकिरा लागेर पूर्ण रुपमा दुर्गन्धित अवस्थामा फेला परेको बताए । उनका अनुसार महिलाको हालसम्म परिचय खुलेको छैन । त्यसले गर्दा शवको सनाखत गर्न सकिएको छैन भने उनको नाम, थर र वतनसमेत अज्ञात रहेको प्रहरीले जनाएको छ ।

शवलाई प्रादेशिक अस्पताल जनकपुरधामको शवगृहमा राखिएको छ । प्रहरीका अनुसार मृतक महिलाको शारीरिक बनावट उचाइ करिब पाँच फिट, लामो कालो कपाल छ । घटनास्थलमा भेटिएको पहिरन अनुसार महिलाले गाढा निलो र खैरो बेल्ट भएको फुल बाहुला कुर्ता, हरियो र सेतो बुट्टा भएको सल, घ्यु रङ्गको प्लाजा (सुरुवाल), गुलाबी सल र कालो रङ्गको लेडिज चप्पल लगाएकी थिइन् ।

शवको सनाखत हुन नसकेको भन्दै ईलाका प्रहरी कार्यालय ढल्केबरले मृतक महिला वा उनको आफन्त पहिचान गरिदिन सर्वसाधारणसँग आग्रह गरेको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३१, शनिबार २१:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको