एसईई परीक्षा अब प्रदेश स्तरमै हुने



काठमाडौं, जेठ ३१ । एसईई परीक्षा अब प्रदेश स्तरमै हुने भएको छ । केही वर्ष अघि सम्म विद्यार्थीहरुको लागि आइरन गेट मानिने एसईई परीक्षा अब प्रदेश स्तरमै संचालन हुने सरकारले तैयारी थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको हो ।

विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मन्त्रालयले एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव राखेको हो ।

कक्षा दश उतीर्ण पश्चात् विभिन्न शिक्षाका धारमा अध्ययन गर्नसक्ने भएकोले परीक्षा प्राणाली र मूल्यांकन मापदण्डमा एकरुपता कायम गर्न एसईई आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ ।

‘कक्षा दशको अन्तिम परीक्षा (एसईई) प्रदेशस्तरमा हुनेछ,’ प्रस्तावमा भनिएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३१, शनिवार १३:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको