रौतहटमा चट्याङ लागेर एकजनाको मृत्यु



ओम प्रकाश यादव
रौतहट, असार १। रौतहटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आज बिहान अविरल वर्षासंगै खसेको चट्याङ लागेर चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका -१ जयनगरका ६५ वर्षीय सियाराम साह बानियाँको मृत्युु भएको हो ।

पानी पर्न थालेपछि घर अगाडी बाधेको बाख्रा खोल्न गएका बानियाँको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान ८ बजेको समयमा अचानक खसेको चट्याङ लाग्दा बानियाँ गम्भीर घाइते भएका थिए। घाइते बानियाँको उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।

तर उपचारको क्रममा बिहान १० बजेको समयमा बानियाँको प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रौतहटमा आज बिहानै देखि मेघगर्जन र चट्याङ सहित ठूलो वर्षा हुँदैछ ।

मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: २०८२ असार १, आईतवार ११:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको