प्रतिनिधिसभामा विरोध जारी राख्ने रास्वपाको निर्णय



काठमाण्डौं , असार १ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा विरोध जारी राख्ने जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले झुक्याएर दुई बुँदे सहमति गरेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफुहरु प्रतिनिधिसभामा विरोध जारी राख्ने बताएका हुन् ।

‘रास्वपाले उठाएको यो मुद्दालाई टुंगोमा पु¥याउन पहलकदमी आवश्यक छ’ उनी भन्छन्, ‘हाम्रा माग सुनुवाइ नभएसम्म हाम्रो अवरोध जारी रहन्छ ।’

माओवादी केन्द्रले भने एमालेसँग दुई बुँदे सहमति गरेर अवरोध खुलाउन राजी भएको थियो ।

सभामुख देवराज घिमिरेले रास्वपालाई पनि राजी गराउन छलफल गरेका छन् । रास्वपासँगको छलफलले संसद बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।

सभामुख घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन् । सभामुख घिमिरेले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको भन्दै अवरोध नगर्न आग्रह गरेका थिए ।

 

प्रकाशित मिति: २०८२ असार १, आईतवार १३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको