काठमाडौं, असार २ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षतथा सांसद राजेन्द्र लिङ्देनले आफूहरुले बैठक बहिस्कार गर्दासम्म राप्रपाको सदस्यको नाममाआउने भत्ता राजस्वमाफिर्ता हुने व्यवस्थागर्न माग गरेकाछन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमाबोल्दै उनले प्रतिप्रक्षादलले विरोधजनाउँदै गर्दा जबरजस्ती यस प्रकारले संसदको बैठक अगाडिबढाउने कर्मकाण्डीमा राप्रपा सहभागीनहुने बताए ।
उनले भने,‘जबसम्म जबरजस्ती यस प्रकारले संसदको बैठक अगाडिबढाउने कामभइराख्छ यो कर्मकाण्डीमा राप्रपा सहभागीहुँदैन् ।बहिस्कार गछौं । जबसम्महामी बैठक बहिस्कार गछौं राप्रपाको सदस्यको नाममाआउने भत्ता राजस्वमाफिर्ता हुने व्यवस्थाहोस् ।’
त्यस्तै उनले एक सिटमात्रै भएको राजनीतिकदलले पनिप्रतिनिधिमा सहभागिताजनाउनपाउनेगरी निर्वाचनप्रणालीको व्यवस्थाभएको भएतापनिएक सयसिटभएको पार्टी र एक सिटमात्रै भएको पार्टीको उत्तिकै मर्यादा र उत्तिकै हैसियत संसद नभएको बताए ।
संसदमादुई पार्टीले विरोध जारी राखेको बेला जबरजस्ती संसद अगाडिबढाउनु संसदीयमर्यादायको दृष्टिकोणले उचितनहुने भन्दै उनले जबरजस्ती संसद चलाउने कामबन्दगर्न आग्रह समेत गरे ।




