एजेन्सी, असार २ । बिहार विधानसभा निर्वाचन नजिकीदै गर्दा एनडीएमा सिट बाँटफाँटको रस्साकसी शुरु भएको छ । मौसमको गर्मी संगै एनडीएका सिट आकांक्षीहरु समेत तातेका छन । कुनै ठुलो चेहराको नाउ आउने वितिकै आकांक्षीहरु आफना दौडधुपलाई तीब्र पार्ने गर्छन ।
हुनतः अहिले सम्म सिट बाँटफाँडको विषयमा गठबन्धनमा कुनै सिटबाँडफाँडको छलफल शुरु भएको छैन तर गठबन्धन भित्रका दलहरु आ–आफनो तरिकाले तयारी शुरु गरि सकेका छन ।
अगस्तको दोस्रो हप्तामा परामर्श चरण
एनडीएको एक महत्वपूर्ण घटक, जेडीयूका दिग्गजहरू प्रत्यक्ष रूपमा कोर समूहसँग सम्बन्धित छन् । बैठक प्रक्रिया अगस्तको दोस्रो हप्तादेखि सुरु हुनेछ ।
बिहार विधानसभा निर्वाचनको सिट बाँडफाँड सम्बन्धि परामर्श बैठक यस पटक दिल्लीको सट्टा पटनामा हुने सम्भावना छ । सबैको सुविधालाई ध्यानमा राखेर परामर्शको तालिका तय गरिनेछ । सबै दलका नेताहरू पटना आउनेछन् र सबैका लागि सहज हुने ठाउँमा बैठक गर्नेछन ।
सिट बाँडफाँटको बारेमा एनडीएमा अहिलेसम्म कुनै आधिकारिक सूत्र तयार भएको छैन तर एनडीएका सम्बन्धित नेताहरूले यसमा कुनै समस्या नरहेको दाबी गर्दै आएका छन ।
यस वर्ष हुन बिहार विधानसभा निर्वाचन मा एनडीएले कुन अनुहारका साथ लड्नेछ भन्ने कुरा पहिले नै घोषणा भइसकेको छ । जेडीयू र भाजपा एनडीएका दुई प्रमुख घटक हुन् ।
स्वाभाविक रूपमा, यी दुवै दलले धेरै सिटमा चुनाव लड्नु पर्ने हुन्छ। यो संख्या १०५ देखि ११० सम्म हुन सक्छ । केही सिटहरू साट्न मिल््ने सम्भावना पनि हुन सक्छ ।
आ–आफनो तयारीमा घटक दलहरु
जेडीयू, भाजपा, एचएएम, एलजेपी (आर) र आरएलएसपी लगायत एनडीएका पाँचै दलले आन्तरिक रूपमा आ–आफ्नो सिटको बारेमा प्रतिवेदन तयार पारि सकेका छन् । प्रतिवेदन माथि घटक दलहरु जिल्ला स्तरिय छलफलमा लगेका छन तर यसको अन्तिम निर्णय भन्ने ठूला नेताहरूको बैठकमा मात्र हुने छ ।
एनडीएका दिग्गज नेताहरूले आगामी एक महिनामा विभिन्न स्तरमा हुने एनडीए बैठकहरूमा आपसी समन्वयको बारेमा छलफल गरिने बताएका छन् । बुथ स्तरमा मत स्थानान्तरण कसरी सहज बनाउने भन्ने बारेमा छलफल हुनेछ ।






