काठमाडौं, असार २ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केही दिन यतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन् ।
सोमबार परराष्ट्र मन्त्रालयमामन्त्रीडा.राणासँग राजदूतबासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाकाबारेमाजानकारी गराएकाथिए ।
त्यस अवसरमामन्त्री राणाले त्यहाँ रहेकानेपालीहरुको अवस्थाकाबारेमाजानकारी लिँदैउनीहरुलाई पर्नसक्ने आवश्यक सहायतार सुरक्षित अवस्थाका लागि राजदूतबास मार्फत इजरायल सरकारलाई आग्रह गरेकीछन् । त्यस अवसरमा राजदूतबासले हाल इजरायलमा रहेका नेपाली सुरक्षित रहेको जानकारी गराएका थिए ।
आइतबार मात्र परराष्ट्र मन्त्रालयले विज्ञप्तिप्रकाशन गरेर इजरायल र इरानमा रहेकानेपालीहरु सुरक्षित रहेको जानकारी गराएको थियो ।
पछिल्ला केहीदिन इरान र इजरायल बीच विकसित घटनाक्रमका सन्दर्भमामन्त्री डा. राणाले तेलअभिभ र दोहास्थित नेपाली राजदूतहरुलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँ स्थित नेपालीनागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी थिइन् ।
मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिक बाट नियालिरहेको र इजरायलमा रहेका नेपाली को सुरक्षा सुनिश्चितताकालागिनेपाल सरकारले आवश्यकताअनुसार उपयुक्तकदमचाल्ने सो विज्ञप्तिमा स्पष्ट गरेको थियो ।




