जल विद्युत आयोजनाबारे राष्ट्रपतिको चासो



काठमाडौ, असार २ । राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत  तथा सिंचाई मन्त्री दिपक खड्कासँग जल विद्युत आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।

सोमबार शीतल निवास बोलाएर मन्त्री खड्कासँग जल विद्युतआयोजनाको प्रगतिबारे जानकारी लिएका हुन् ।

पौडेलले १ सय ४० मेघावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माण कार्यको प्रगति विवरणको जानकारी लिदैँ समय मैं सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभएको स्वकीय सचिवालयले जनाएको छ ।

यस्तै उनले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेघावाटको तल्लों सेती परियोजनाको यथाशीघ्र कार्यान्वनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिएका छन् ।

राष्ट्रपति पौडेलले  जलविद्युत  परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि  चासो राखेको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २०८२ असार २, सोमवार १७:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको