राप्रपाका महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित



काठमाडौं, असार २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन् । उनी आज बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए । तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए ।

राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित चार वटा मुद्दामा अभियोजन गरिएको छ । उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ ।

प्रकाशित मिति: २०८२ असार २, सोमवार ११:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको