एजेन्सी, असार ३ । बिहार विधानसभा निर्वाचनको लाइभ निगरानी हुने भएको छ । अब सबै मतदान केन्द्रहरूमा क्यामेरा जडान गरि प्रत्यक्ष अनुगमन गरिने निर्वाचन आयोगले जनाएके छ । अहिलेसम्म यो केवल ५०% केन्द्रहरूमा मात्र भइरहेको थियो । बिहार विधान सभा निर्वाचन देखी यो नियम लागु हुने भएको छ।
वेबकास्टिङको प्रत्यक्ष अनुगमनको लागि राज्य, जिल्ला र विधानसभा सिट स्तरमा नियन्त्रण कक्षहरू निर्माण गरिने आयोगको तैयारी छ ।
मतदान प्रक्रियाको अनुगमन बढाउन, निर्वाचन आयोग ले अब सबै मतदान केन्द्रहरूको वेबकास्ट गर्ने भन्दै आयोगले सोमबार यो निर्णय बिहार विधानसभा निर्वाचनको पहिलो चरणबाट लागू हुने बताए ।
वेबकास्टिङ डेटा आयोगको आन्तरिक प्रयोगको लागि हुनेछ । यसको अर्थ यो सार्वजनिक हुनेछैन ।
इन्टरनेट कनेक्टिभिटी भएका क्षेत्रहरूमा वेबकास्टिङ गरिनेछ । इन्टरनेट कनेक्टिभिटी नभएका क्षेत्रहरूमा भिडियोग्राफी, फोटोग्राफी जस्ता वैकल्पिक व्यवस्था गर्न सकिने आयोगको भनाइ छ ।
सरकारले गत वर्ष नियमहरू परिवर्तन ग¥यो
डिसेम्बर २०, २०२४ मा, केन्द्र सरकारले मतदान केन्द्रको सीसीटीभी, वेबकास्टिङ फुटेज र उम्मेदवारहरूको भिडियो रेकर्डिङ जस्ता केही इलेक्ट्रोनिक कागजातहरूको सार्वजनिक खुलासालाई रोक्न नियमहरू परिवर्तन गरेको थियो ।
आयोगको सिफारिसमा, कानून मन्त्रालयले निर्वाचन आचरण नियमावली, १९६१ को नियम ९३(२)(क) संशोधन गरेको थियो। नियम ९३ मा भनिएको छः “चुनावसँग सम्बन्धित सबै कागजातहरू सार्वजनिक रूपमा उपलब्ध हुनेछन्।“
यसलाई “सबै निर्वाचन सम्बन्धी कागजातहरू ’नियम अनुसार’ सार्वजनिक रूपमा उपलब्ध हुनेछन्“ मा परिवर्तन गरिएको थियो। नियम परिवर्तन विरुद्ध कांग्रेसको निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ।




