जनकपुरधाम, असार ३ । जनकपुरधाम उप–महानगरपालिकाको एक अर्व बढी बेरुजु रकम रहेको छ । महालेखा प्रतिवेदन अनुसार उप–महानगरपालिकाको यस बर्ष सम्म १ अर्व १ करोड ८६ लाख ५८ हजार रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले स्थानीय तहहरुको गरेको लेखा परीक्षण अनुसार ३ अर्व ६३ करोड २ लाख ८९ हजार लेखा परीक्षण गरिएकोमा ४ करोड ९२ लाख ९० हजार बेरुजु देखिएको छ । सो सम्वन्धमा प्रक्रिया प्राप्त भए पनि फछ्र्यौट नभई बाँकी असुल गर्नुपर्ने ७ लाख९८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ३ करोड ८६ लाख १६ हजार, नियमित गर्नुपर्ने ३९ लाख ६ हजार र पेश्की ५९ लाख ७० हजार समेत यस बर्ष ४ करोड ९२ लाख ९० हजार बेरुजु कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।
उप–महानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० सम्म ९७ करोड ८ लाख ३३ हजार बेरुजु बाँकी रहेकोमा यस बर्ष समायोजन र फछ्र्यौट एवम्यस बर्ष बेरुजु समेतको अद्यावधिक बेरुजु १ अर्व १ करोड ८६ लाख ५८ हजार रहेको महालेखाले जनाएको छ ।
वितरणमुखी खर्च अत्यधिक
जनकपुरधाम उप–महानगरपालिकाले गत आर्थिक बर्षमा वितरणमुखी खर्चमा गरेर अनियमितता गरेको पाइएको छ । उप–महानगरले स्वर्णिम जनरल अडर सप्लायर्सवाट तीन लाख ४४ हजार ४ सय २५ रुपैयाँ बराबरको १५० थान साडी, १५० थान व्लाउज र १५० थान पेटीकोट खरिद गरेकोछ ।
त्यस्तै रुगटा ट्रेड इन्टरनेशनल प्रालिवाट ९६ हजार ९ सय ३७ रुपैयाँ बराबरको १६० थान सुति साडी ४६८ को दरले खरिद गरेको पाइएको छ ।
त्यस्तै उप–महानगरले वडा नम्वर २१ वट वितरीत सिरक बेडसिट तौलिया १ लाख ९५हजार १५१ रुपैयाँ बराबरको खुशि जनरल अडर सप्लायर्सवाट खरिद गरी भुक्तानी दिएको पाइएको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रम खर्च गम्छा ९० थान, दोसल्ला ४५ थान, सिरक ४५ थान, च्यावनप्रास ४५ थानको २ लाख भुक्तानी गरेको पाइएको छ ।
फेरि जनकपुरधाम–११ वट वितरीत सिरक वेडसिट तौलिया त्यावन खुशि जनरल अडर सप्लायर्सवाट खरिद गरिएको र १ लाख ९५ हजार ३ सय ७७ रुपैयाँ गरी कुल ३३ लाख ५४ हजार ८ सय ३४ रुपैयाँ भुक्तान गरिएको छ ।
जनकपुरधाम उप–महानगरपालिकाले यसरी गरेको खर्च विना कुनै प्रतिस्पर्धाकै खरिद गरी अनियमितता गरेको छ । जनकपुरधाम उप–महानगरपालिकाले यि समानहरु खरिदमा सहजता प्रदान गर्नकालागि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीलाई दुई महिना ८ हजार ५० को दरले १६ हजार १०० र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीलाई पनि ८ हजार ५० का दरले ९ महिनामा ७२हजार ४ सय ५० गरि कुल ८८ हजार ५५० रुपैयाँ तलवमा भुक्तानी गरेको पाइएको छ । यि भुक्तानीलाई महालेखाले अनियमितता भनेको छ ।






